१४ बैशाख २०८१, शुक्रबार

नयाँ बर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

Prenom Bebe 2020 min 1 1024x538 1

नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ ।

“हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,” कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भन्नुभयो ।

गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो ।” उहाँद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कोम्बोडियामा यस बर्षको पहिलो दिन ९७१ जना जन्मिएका हुन् ।

अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उहाँले आशा व्यक्त गर्नुभएको छ ।

कम्बोडियामा जन्मिएका बालबालिकाको भविश्य सुनौलो बनाउनका लागि युनिसेफले पनि सक्दो सहयोग गर्ने उहाँले आश्वासन दिनुभयो ।

युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि कम्बोडियामा समेत काम गरिरहेको वक्तव्य मार्फत जानकारी दिएको छ ।

सन् २०२० मा भने युनिसेफले कम्बोडिया सरकार र यसका साझेदारहरुलाई कोरोनाविरुद्ध लड्नका लागि पनि सहयोग गरेको थियो ।

विशेष गरेर दुर शिक्षा, विद्यालय सञ्चालन, कोरोनाबाट सुरक्षित गर्न, सफा खानेपानी, पोषिलो खाद्य पदार्थलगायतका क्षेत्रमा सहयोग गरेको हो ।

    सम्बन्धित समाचार...