७ बैशाख २०८१, शुक्रबार

पालिकास्तम्भ उद्यान निर्माण

JS lamjung scaled 1

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पालिकास्तम्भ उद्यान उद्घाटन गर्नुभएको छ । मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा उद्यान बनेको हो ।

नवर्निर्मित उद्यान उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले स्थानीय तह एकदमै नजीकको सरकार भएकाले शासन सत्तामा प्रत्यक्ष निगरानी गर्न जनतालाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले लमजुङ जिल्लाका चारचार नगरपालिका र गाउँपालिकाका साथै जिल्लाको नक्शासहितको उक्त उद्यानको अध्ययनअवलोकनबाट जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सम्पूर्ण जिल्लावासीलगायत सबै नागरिकका लागि सूचना प्रदान गर्ने उद्देश्यले उद्यान निर्माण गरिएको बताउनुभयो ।

उहाँका अनुसार उद्यानमा ७७ वटै जिल्लाको स्पष्ट नामसहितको आधुनिक नेपाल र गण्डकी प्रदेशका नक्शा, राष्ट्रिय गान र नेपालको झण्डासहितको पृष्ठभूमि छ । पार्क मध्यनेपाल नगरपालिकाको रु सात लाख लगानीमा निर्माण गरिएको हो ।