७ बैशाख २०८१, शुक्रबार

युएनएचसीआरले बनाइदियो खोप केन्द्रको भवन

visibility horizontal

दमककै विकट मानिने वडा नं ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग ( युएनएचसीआर) ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ । दमक–३ का वडाध्यक्ष नवीन बरालका अनुसार युएनएचसीआरको करिब रु २९ लाखको लागतमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको हो । खोप केन्द्रको भवन बनाउन दमक–३ स्थित नवजागरण टोलको भस्मेका स्थानीयवासी मनमाया तामाङ र छोरा जीवन तामाङले १५ धुर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

नवनिर्मित खोप केन्द्र भवनको सोमबार उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खोप केन्द्रको भवनलाई निकट भविष्यमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा युएनएचसीआर दमकका प्रमुख माधव गौतमलगायतको उपस्थिति थियो । वडाध्यक्ष बरालका अनुसार सो खोप केन्द्र स्थापनापछि त्यस भेगका दमक र छिमेकी जिल्ला इलामको चुलाचुलीका स्थानीयवासी करिब ५०० घरधुरीका बालबालिका र भुटानी शरणार्थी बालबालिकालाई नियमित खोप सेवा प्रदान गर्न सहज हुनेछ ।

    सम्बन्धित समाचार...