१६ चैत्र २०८०, शुक्रबार

एक किलो ८५० ग्राम लागुऔषध चरेससहित दुई पक्राउ

lagu aushadh

लागुऔषध चरेससहित कैलालीबाट आज दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पुर्चुडी नगरपालीका–७ का महेश साउँद र कैलालीको गोदावरी नगरपालिका –१० घर भएका ओमबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

दुबै जनालाई गोदावरी नगरपालिका–२ अत्तरियास्थित सुमन होटेलबाट एक किलो ८५० ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको हो । पक्राउ परेका सिंह सोही होटेलका सञ्चालक रहेको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट रु ३७ हजार ५०० समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।