४ बैशाख २०८१, मंगलवार

कांग्रेस निर्वाचनमा जान तयार छ : चौरसिया

chaurishiya 1024x591 1

चारवटै निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसले विरोधसभा आयोजना गरेको छ । सङ्घीय संसद् विघटनको विरोध गर्दै नेपाली कांग्रेसले पर्साका निर्वाचन क्षेत्र नं १ को वीरगञ्ज, निर्वाचन क्षेत्र नं २ को बहोदरामाई नगरपालिका, क्षेत्र नं ३ को पोखरिया र निर्वाचन क्षेत्र नं ४ को धोवनी गाउँपालिकाको लङ्गडीमा विरोधसभा आयोजना गरेको हो ।

बहोदरामाई नगरपालिकाको बहुअरिपिडरीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य तथा मधेश विभाग प्रमुख अजयकुमार चौरसियाले पार्टी मध्यावधि निर्वाचनमा जान तयार रहेको स्पष्ट गर्नुभयो ।

नेता चौरसियाले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणाबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकले अदालतले निर्वाचनमा जाने फैसला गरे त्यसका लागि तयार हुन सबै जिल्लालाई परिपत्र पठाइसकेको जिकिर पनि गर्नुभयो ।

पर्सा निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति गम्भीरा साहका अध्यक्षतामा भएको विरोधसभालाई तत्कालीन संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य, प्रतिनिधिसभा सदस्यद्वय ओमप्रकाश शर्मा, राजेश्वर साह तेलीलगायतले मुलुकमा भ्रष्टाचार, हत्या र हिंसा अन्त्य गर्न सरकार असफल भएको आरोप लगाउनुभयो ।