१२ बैशाख २०८१, बुधबार

ज्यान मार्ने उद्योग र अङ्भङ्ग मुद्दाका फरार एक पक्राउ

arest

ज्यान मार्ने उद्योग र अङ्गभङ्गलगायतका मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ निवासी ४० वर्षीय खगेश्वर गोहिवार रहेको प्रहरीले जनाएको छ ।

ज्यान मार्ने उद्योग, अङ्गभङ्ग र अभद्र व्यवहार मुद्दामा फरार उनीलाई सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पक्राउ परेका गोहिवारविरुद्ध ज्यान मार्ने ती मुद्दा दर्ता रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिनुभयो

काठ बरामद

वन कर्मचारीको गस्ती टोलीले सिरहाको गोलबजार–३ गोलामुक्सारबाट काठ बरामद गरेको छ । सबडिभिजन वन कार्यालय गोलबजार चोहर्वाबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ४० थान साखुको चिरान काठ बरामद गरेको हो ।

लुकाइछिपाइ राखेको अवस्थामा शुक्रबार उक्त काठ बरामद भएको सबडिभिजन वन कार्यालय गोलबजारका फोरेष्टर कासिन्द्र यादवले जानकारी दिनुभयो । बरामद काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लहान पठाएको उहाँले बताउनुभयो । बरामद काठ कसको र के प्रयोजनका लागि राखेको अझै खुल्न नसकेको जनाइएको छ ।