१३ बैशाख २०८१, बिहीबार

भोलिबाट फिल्म हल खुल्ने, ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शनमा

Capture 1

भोली शुक्रबारबाट चलचित्र संघले हल खोल्ने घोषणा गरेको थियो । चलचित्र व्यवसायीहरूले भोलि अर्थात पुस १० गतेबाट सिनेमा हल खोल्दैछन्। गत चैतदेखि बन्द रहेको हल खोल्न सरकारले चासो नदेखाएपछि व्यवसायीले स्व:घोषणा गर्दै हल खोल्न लागेका हुन्। भोली शुक्रबारदेखि ४ वटा चलचित्र रिलिज गर्ने तयारी हल संचालकहरुले गरेका छन् ।

भोलिबाट हलमा नयाँ चलचित्र नभई यसअघि प्रदर्शनमा नै आएको चलचित्र रिलिन हुनेछन्। चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले शुक्रबारबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’ चलाइने जानकारी दिए। चलचित्र संघको निर्णयपछि देशभरका मल्टिप्लेक्सले रिलिज हुने चलचित्रलाई अनलाइन बुकिङमा राखेका छन् ।

क्यूएफएक्स चेनले २ नेपाली र २ अंग्रेजी चलचित्र रिलिज गर्ने तयारी गरेको छ । जसअनुसार, नेपाली चलचित्र ‘आमा र सेन्टी भाइरस’ रिलिज हुँदैछन् । यी दुबै चलचित्र गतबर्षको फागुण ९ गतेबाट रिलिज भएका थिए । तर, कोरोना महामारीका कारण यी दुवै चलचित्रहरु रिलिज हुँदाहुँदै कोरोना भाइरसको महामारीका कारण लकडाउनमा रोकिएका थिए ।

यी दुवै चलचित्रका लागि हलहरूले टिकट बुकिङ पनि खोलिसकेका छन्।

स्वास्थ्य सुरक्षा सावधानी अपनाएर मात्र हल खोलिने अध्यक्ष प्रधानको भनाई छ। देशभरका हल व्यवसायीहरू शुक्रबारबाट हल खोल्न उत्साहित भएको उनी बताउँछन्।

९ महिनादेखि बन्द रहेका हलहरुको व्यवस्थापन तथा सरसफाइको काम सकिएको र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दर्शकहरूलाई स्वागत गर्न तयार रहेको उनले बताए।

यस्तै, अंग्रेजी चलचित्र ‘ब्लडसट र दि इनभिजिबल म्यान’ रिलिज गर्ने तयारी मल्टिप्लेक्स हलहरुले गरेका छन् । तर, यी चलचित्र कुन–कुन शोमा रिलिज हुन्छन् भन्ने उल्लेख गरिएको छ ।

बन्द भएको ९ महिनापछि देशभरका हल भोली शुक्रबारदेखि सुचारु हुन लागेका हुन् । हल संचालन गर्दा सरकारले बल प्रयोग गरेको खण्डमा आफूहरु गिरफ्तारी दिन तयार रहेको हल संचालकहरुले बताएका छन् ।

दीपेन्द्र के. खनालको निर्देशनमा रहेको चलचित्र ‘आमा’ का र रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘सेन्टी भाइरस’ लाई यसअघि दर्शकले रूचाएका थिए।

सरकारले भने केही समय पर्खिन आग्रह गर्दै आएको छ। तत्काल नै हल खोल्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले तत्काल हल सञ्चालनको अनुमति दिन मानेको छैन।

सिनेमाको छायांकन भने सुचारु गर्न सकारात्मक भएको सरकारले हल भने केही दिन अझै पर्खेर मात्र खोल्न आग्रह गर्दै आएको छ। तर, व्यवसायीहरू आफैं हल खोल्न अग्रसर भएका हुन्।

    सम्बन्धित समाचार...