१३ बैशाख २०८१, बिहीबार

‘मिसन मज्नु’बाट बलिउडमा डेब्यू गर्दै रश्मिका मन्दाना

Rashmika Mandanna To Make Her Bollywood Debut Opposite Sidharth Malhotra

साउथ स्टार अभिनेत्री रश्मिका मन्दाना बलिउडमा डेब्यु गर्दै छिन् । उनी फिल्म ‘मिसन मज्‍नु’ बाट बलिउडमा पाइला टेक्ने भएकी हुन् । जसमा उनी बलिउड अभिनेता सिद्धार्थ मल्होत्रासँग जोडी बनेर आउँदै छिन् ।

फिल्म ‘उरी’को सफलतापछि रोनी स्क्रिुवालाले निर्माता अमर वुटालासँग नयाँ फिल्मका लागि सहकार्य गरेका छन् । फिल्मको नाम ‘मिसन मज्नु’ राखिएको छ । यो चलचित्र सन् १९७० मा भारतले गरेको महत्वकांक्षी गोप्य अप्रेशनमा आधारित रहेर निर्माण गर्न लागिएको हो ।

सिद्धार्थले फिल्मको फर्स्ट लुक पोस्टर सामाजिक सन्जालमा सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । फिल्मको पोस्टर सेयर गर्दै सिद्धार्थ लेख्छन्, “दुश्मनको सीमामा गएर हाम्रा इन्टेलिजेन्स एजेन्सीले निकै खतरनाक अपरेसन गरे ! मिसन मज्‍नुको फर्स्ट लुक पेस गरेको छु ।”

यो ७० दशकको भारतको सबैभन्दा महत्त्वाकांक्षी गुप्त अपरेसनमा आधारित फिल्म हो । यो भारतले पाकिस्तानको मुटुमा गरेको सबैभन्दा साहसिक मिसन हो जसले भारत-पाकिस्तानबीचको सम्बन्ध सधैंका लागि परिवर्तन गरिदियो ।

भारतले गरेको यो अप्रेशनकै कारण भारत र पाकिस्तानविचको सम्बन्ध सधैका लागि परिवर्तन भएको थियो । फिल्ममा उनी र एजेन्टको भूमिकामा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अभिनेत्री रश्मिका मन्दानाले कन्नड, तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छिन् । नेसनल क्रसका रुपमा पनि परिचित २४ वर्षीया रश्मिकाले सन् २०१६ मा कन्नड फिल्मबाट डेब्यु गरेकी थिइन् ।

‘डियर जिन्दगी’ फिल्मका कारण विश्व बजारमा सर्वाधिक चर्चा पाएकी छिन् । उनको यो बलिउड डेब्यू फिल्म हो ।

यो फिल्मलाई सन्तानु बाग्चीले निर्देशन गर्दैछन् । निर्माता रोनीका अनुसार, हजार भन्दा बढी सैनिकहरुको मिहिनेतले सफल भएको अप्रेशनलाई पर्दामा देखाउन सहज छैन । फिल्मले देशका लागि आफ्नो ज्यानको बाजी लगाउने योद्धाहरुको कथा भन्ने निर्माताको भनाई छ ।

फिल्ममा काम गर्ने पक्का भएपछि रश्मिकाले भारतीय मिडियासँग भनेकी छिन्–‘मैले दर्शकको अपार माया पाएकी छु । म सधै नै देशको कथा जोडिएको फिल्ममा काम गर्न इच्छुक थिएँ । मैले अहिलेसम्म हिन्दी भाषाको फिल्ममा काम गरेकी छैन । यसैले, यो फिल्म मेरा लागि विशेष छ ।