१६ चैत्र २०८०, शुक्रबार

इथियोपियामा बन्दुकधारीको आक्रमणबाट एक सय भन्दा बढीको मृत्यु

ethopia attack

इथियोपियामा बन्दुकधारीको अन्धाधुन्ध आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु भएको छ । इथियोपियाको पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा बन्दुकधारीहरुको आक्रमणबाट एक सय जना भन्दा बढीको मृत्यु भएको हो ।

आक्रमण विद्रोहीहरुको पकड रहेको मेटेकल जोनको बुलेन काउन्टीको बेकोजी गाउँमा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । धेरै जातीय समूहहरुको बसोबास रहेको उक्त स्थानमा लामो समयदेखि जातीय हिंसा हुँदै आएको बताइएको छ ।

इथियोपियामा सन् २०१८ मा अबि अहमद प्रधानमन्त्रीमा नियुक्त भएसँगै विद्रोहीले आक्रमणलाई तीव्र पारेका छन् । सरकारले सुशासनका लागि काम गर्न नसकेको भन्दै विद्रोहीहरुले सरकार विरुद्धको आन्दोलनका क्रममा सर्वसाधारणको हत्या गर्न थालेको बताइएको छ ।

यता सरकारले भने आगामी वर्ष हुने निर्वाचनको तयारीका लागि शासकीय सुधारका काम गरिरहेको बताएको छ । तर विद्रोहीले आफ्ना हिंसात्मक गतिविधि बढाएपछि सर्वसाधारण हिंसाको शिकार बनेका छन् ।

    सम्बन्धित समाचार...