७ बैशाख २०८१, शुक्रबार

जहाँ श्रीमानको चिहान बनाइन, त्यहीँमाथि चुलो बनाएर १ महिनासम्म खाना बनाएपछि

murder 1 112219112146

श्रीमानलाई मारेर भान्छामा गाडिन्

एक महिलाले आफ्ना श्रीमानलाई मारेर भान्छामा गाडिन् । यतिमात्र होइन जहाँ श्रीमानको चिहान बनाइन त्यहीँ माथि चलो बनाएर एक महिनासम्म खाना बनाइरहिन् । यो सनसनीपूर्ण घटना भारतको मध्य प्रदेशको अनुपपुर जिल्लाको भएको हो। ३२ वर्षकी प्रमिला नामकी ती महिलाले आफ्ना वकिल पति महेश बैनेवालको हत्या गरेकी हुन् ।

अनुपपुर पुलिसले उनलाई आफ्ना पतिको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । महेश एक महिनादेखि बेपत्ता भएको भन्दै पुलिसले खोजी गरिरहेको थियो । २२ अक्टोबरमा प्रमिलाले पति बेपत्ता भएको भन्दै पुलिसमा रिपोर्ट लेखाएकी थिइन् । पुलिसले बेपत्ता भएकै आधारमा अनुसन्धान अगाडि बढाएको थियो तर २१ नोभेम्बरमा यो घटनामा ट्वीस्ट आयो । मृतकका दाजु अर्जुन बैनेवालले पुलिसलाई आफ्नो भाइको घरमा केही संदिग्ध भएको बताए ।

अर्जुनका अनुसार उनी कैयौं पटक भाइको घर गए तर उनकी पत्नीले हरेक पटक उनलाई केही न केही बहाना बनाएर टारिन् । त्यसपछि पुलिस एसएचओ भानु प्रताप सिंह आफ्नो टिमका साथ उनको घरमा जाँदा उनीहरुलाई पनि केही दुर्गन्ध महसुस भयो । जब उनीहरु किचनको नजिक गए दुर्गन्ध झनै बढ्यो । किचनमा दुर्गन्ध आएको ठाउँमा खनेर हेर्दा त्यहाँ मृतकको शव भेटियो ।

शव भेटिएपछि सोधपुछमा मृतककी पत्नी प्रमिलाले आफ्ना पतिको दाजु गंगालाल बैनेवालकी पत्नीसँग अवैध सम्बन्ध भएको बताइन् । यो थाहा पाएपछि प्रमिला र गंगारामले मिलेर उनलाई मार्ने योजना बनाए । प्रमिलाको यो बयानपछि गंगारामले भने आफू हत्याको योजनामा सहभागी नभएको दावी गरेका छन् । पुलिसले यो घटनामा थप अनुसन्धान अगाडि बढाएको छ । एजेन्सी