
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिइएको छ।
केही मन्त्रीको विरोधका बाबजुद ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटनका लागि राष्ट्रदेवी विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै प्रतिक्रिया स्वरुप नेकपाको दाहाल-नेपाल पक्षले आफू निकट मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेका हुन्।
नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्ड र नेपाल दुवैले आफू निकट रहेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन्।
सामूहिक राजीनामा दिने पूर्वमाओवादी खेमाका ५ मन्त्रीको तयारी
संसद विघटनको सिफारिसको विरोध गर्दै वर्तमान मन्त्रिपरिषदका ५ सदस्यले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
यो पनि पढुनुहोस्
- अन्तत: राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, चुनावको मिती घोषणा (पत्र सहित)
- संसद विघटन पछी सात जना मन्त्रीको सामूहिक राजीनामा
पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका ५ जनाले सामूिहक राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ । उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा छन् ।
‘संसद विघटन गर्ने भएपछि मन्त्रिपरिषदमा के बस्ने भनेर हामीले नै भनेका हौं’ एक मन्त्रीले भने, ‘स्थायी कमिटी बैठक बस्दैछ । त्यसपछि एउटा निर्णयमा पुग्छौं ।’
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले भने राजीनामा दिने नदिने टुंगो भएको छैन ।