२६ बैशाख २०८२, शुक्रबार

खुमलटार बैठकपछि प्रचण्ड पुगे वालुवाटार

Prachanda And kp oli

प्रधानमन्त्री एवं आफ्नै पार्टीका अध्यक्ष केपी ओलीले संसा विघटन गर्ने निर्णय गरेपछि नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ओलीलाई भेट्न प्रधानमन्त्री निवास पुगेका छन् । 

नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय लिएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

वालुवाटार जानु अघि उनले आफूसहित पाँच जना सचिवालय सदस्यहरुसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका थिए । 

स्रोतका अनुसार दाहालले प्रधानमन्त्री ओलीसँग संसद विघटन गर्ने निर्णयबाट पछि हट्न आग्रह गर्ने बुझिएको छ ।

यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । उनी भर्खर मात्र आफ्नो निवास खुमलटारबाट वालुवाटार प्रवेश गरेका हुन् ।

खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए ।