१५ चैत्र २०८०, बिहीबार

जापानको राजधानीमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित, स्वास्थ्य प्रणाली प्रभावहिन

Six hundred infected in one day for the first time in Tokyo Japan

जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

टोकियोको महानगर प्रशासनले बिहीबार एकैदिन ८२२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।

सङ्क्रमितको सङ्ख्या अत्यधिक बढ्दै गएपछि स्वास्थ्य सेवा समेत अपर्याप्त भएको अधिकारीहरुले जनाएका छन् ।

टोकियोमा यसअघि गत बुधबार एकैदिनमा ६७८ जना सङ्क्रमित भएका थिए ।

सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन बढ्दै गएपछि सर्वत्र चासो र चिन्ता पनि बढेको छ ।

टोकियोका गभर्नर युरिको कोइकेले जनताको जीवन जोगाउनका लागि आफुहरु सवै प्रकारका सतर्कता र प्रयासहरु गर्न लागिरहेको पत्रकारहरुलाई जानकारी दिनुभयो ।

एक करोड ४० लाख जनसङ्ख्या भएको राजधानीमा कोरोनाबाट सङ्क्रमितहरुको प्रभाबकारी उपचार सेवाका लागि थप सामान्य शैयाहरूको स्थापना गरी सेवा दिन अस्पतालहरूलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

सरकारी अधिकारीहरूले राजधानी टोकियोको अवस्था प्रतिदिन नराम्रो हुँदै गइरहेको बताएका छन् ।

टोकियोमा कोरोना सङ्क्रमितका लागि मात्रै भनेर तीन हजार शैया छुट्याइएकोमा त्यसको ७० प्रतिशत शैया गत हप्ता नै प्रयोग भइसकेको थियो । अरु एक हजार शैया थप्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

टोकियोमा बिहीबार बेलुकासम्म ४९ हजार ४९० जना सङ्क्रमित भएका छन् । सङ्क्रमितहरुको सङ्ख्या देशभरी नै बढिरहेको छ । देशभरी बिहीबार एकैदिन तीन हजार २११ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

जापानमा अहिलेसम्म कुल एक लाख ९० हजार ९३५ जना सङ्क्रमित भएका छन् भने कोरोना लागेपछि मृत्यु भएकाहरुको सङ्ख्या दुई हजार ८०४ रहेको छ ।

एसियाली विकसित मुलुक जापानमा अहिले कोरोनाभाइरसको महामारीको तेस्रो चरण आएको हो ।