८ बैशाख २०८१, शनिबार

तालचोकमा शीतभण्डार

coldstore

कृषि उत्पादनको पकेट क्षेत्रका रूपमा परिचित लेखनाथका कृषकले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने गरी तालचोकमा शीतभण्डार (कोल्डस्टोर) निर्माण गरिने भएको छ ।

गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाद्वारा निर्वाचन पूर्वाधार विकास कार्यक्रमको रु २५ लाख र लेखनाथ उद्योग वाणिज्य सङ्घको रु दुई लाख ५० हजार गरी कूल रु २७ लाख ५० हजारको लागतमा सो शीतभण्डार निर्माण गरिने भएको हो ।

स्थानीयस्तरमा उत्पादिन कृषिजन्य वस्तु सुरक्षासँगै उपभोक्तासम्म सुरक्षित तरिकाले पु¥याउने लक्ष्यका साथ शीतभण्डार निर्माण गर्ने तयारी भइरहेको आज पोखरा–२७ मा आयोजित कृषक अन्तक्र्रिया कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा सभापति कोइरालाले शीतभण्डार निर्माणसँगै यस क्षेत्रका कृषकले उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले सरकार र निजी क्षेत्रको सहकार्यमा वाणिज्य क्षेत्रका उद्योगधन्दाभन्दा पनि कृषिमा आधारित उद्योग सञ्चालनको आवश्यकता औँल्याउनुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकालले स्थानीयस्तरमा उत्पादिन कृषिजन्य वस्तुलाई बजारीकरण गर्न व्यवस्थित तवरले भण्डारण र किसानको लगानी सुरक्षा गर्न कृषिमैत्री कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

    सम्बन्धित समाचार...