१६ चैत्र २०८०, शुक्रबार

किसानका बारीमा कृषिमन्त्री केसी

Bimala KC Mantri Karnali1

कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषिमन्त्री बिमला केसीले किसानका खेतबारीमै पुगेर उनीहरुका समस्या समाधान गर्न शुरुआत गर्नुभएको छ । यसक्रममा उहाँले हालै नारायण नगरपालिका– ३ मा रहेको ताराकेशर धमलाको घाँसखेती, बाख्रापालन र कुखुरापालनको अवलोकन गर्नुभयो । सोही क्रममा वडा नं ११ मा कृषि सहकारी तथा अन्य कृषकका खेतीको समेत अवलोकन गर्नुभयो ।

किसानको मेहनतलाई प्रदेश सरकारले खेर जान नदिने जानकारी दिँदै मन्त्री केसीले किसानलाई व्यावसायिक बन्न आग्रह गर्नुभयो । सो अवसरमा रासससँग कुरा गदै उहाँले कर्णाली प्रदेश सरकारले साना व्यावसायिक किसानलाई बँैकमार्फत ब्याज अनुदानको कार्यक्रम ल्याएको जानकारी दिनुभयो । न्यून आए भएका, जग्गाजमिन धितो राख्न नसक्ने गरिब र विपन्न किसानका लागि पनि सहकारीमार्फत ब्याज अनुदानको तयारी थालिएको उहाँले बताउनुभयो ।