१३ बैशाख २०८१, बिहीबार

हुम्लाका १५७ घरधुरीलाई सरसफाइ सामग्री

hand wash

हुम्लाको सिमकोट गाउँपालिका–७ मा आधार विकास हुम्लाले सरसफाइका सामग्री वितरण गरेको छ । वडा नं ७ को चौगनफया र धारापोरी गाउँका गरेर १५७ घरधुरीलाई बुधबार मुख तथा हात धुने साबुन सामग्री वितरण गरिएको हो ।

एक घरलाई मुख धुने पाँच र लुगा धुने सावुन दुई गरी प्रत्येक घरपरिवारलाई सात वटाका दरले साबुन वितरण गरिएको आधार विकास नेपाल हुम्लाका प्राविधिक सहायक रमेश भण्डारीले जानकारी दिनुभयो ।

विश्वभर फैलिएको कोरोना भाइसर कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि यी सामग्री वितरण गरिएको प्राविधिक सहायक भण्डारीले बताउनुभयो । यहाँका नागरिकले व्यक्तिगत सरसफाइनमा बढी ध्यान दिऊन् भन्ने उद्देश्यका साथ वितरण गरिएको भण्डारीले जानकारी दिनुभयो ।

गाउँघरका नागरिकमा सफा र स्वच्छ भएर बस्ने बानी पार्नका लागि निःशुल्क सहयोग गरिएको जानकारी प्राप्त भएको छ । आधार विकास नेपाल हुम्लाले उत्तरी क्षेत्रमा रहेका नागरिकलाई स्वास्थ्यसम्बन्धी विभिन्न सामग्री सहयोग गर्दै आएको जनाइएको छ ।