१५ चैत्र २०८०, बिहीबार

विद्यालयबाट ३३३ विद्यार्थी अपहरण गरेको बोको हरामद्वारा स्वीकार

unnamed

नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी यहाँका ३०० भन्दाबढी विद्यार्थी बेपत्ता गरिएको घटनाको यहाँको आतंककारी समूह बोको हरामले जनाएको छ ।

यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी यहाँका ३३३ जना बालबालिका हराएका थिए । ती बालबालिकालाई तिनै आक्रमणकारीहरुले अपहरण गरी लगेको अनुमान गरिएको थियो ।

बोको हराम नामक यहाँको आतंककारी संगठनले बुधबार ती बालबालिका आफूहरुले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको हो ।
नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा गएको शुक्रबार राति र आइतबार सो हमला भएको हो । त्यस हमलामा परेर ३३३ जना विद्यार्थी अपहरित भएका थिए ।

सो राज्यका गभर्नर अमिनु मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताउनुभयो । उहाँले शुक्रबार र आइतबार सो विद्यालयमा गरिएको हमलाका कारण सो विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सम्पर्कहिन भएका बताउनुभएको हो ।

मासारीले अपहरणकारीहरुले स्वीकार गरिसकेको समाचार आएको पनि बुधबार जनाउनुभयो । उहाँले ती अपहरणकारीहरु सरकारी खोजकर्ताहरुको सम्पर्कमा आएका र उनीहरुसँग बालबालिकालाई मुक्त गर्ने विषयमा कुराकानी भइरहेको बताउनुभएको छ ।

बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयहरुमा आफूहरुले अपहरण गरेको भन्दै विद्यालयका ३३३ जना बालकालिका आफूहरुसँग रहेको बताएका छन् ।

सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । अज्ञात बन्दुककारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुनसक्ने अनुमान गरिएकै बेला यो सन्देश आएको छ ।

हराएका बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी अपहरणमा परेकोले तत्कालै खोजी गरिदिन आग्रह गरेका छन् । नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न उक्त राज्यको सरकारलाई आग्रह गर्नुभएको छ ।

नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार बबग्ना मगुनोले कातसिना राज्य सरकारलाई सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । उता गभर्नर मासुरीले राज्यका सबै बोर्डिङ स्कुलहरु बन्द गर्न सबैलाई आग्रह गर्नुभएको थियो । सो बमोजिम बोर्डिङ स्कुल बन्द गराइएको छ ।

पछिल्लो समयमा यहाँका विद्यालयमा असुरक्षा बढेको भन्दै अब विद्यालय नै बन्द गरेर खोजी कार्य जारी राखिने बताउनुभएको थियो । सोही बमोजिम सुरक्षा निकायले खोजी जारी राखेको पनि बताइएको छ ।

नाइजेरियाको बोको हराम आतंककारी समूहले विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् । तर यो पछिल्लो पटक भएको अपहरणको घटनाको बारेमा भने उनीहरुले केही बताएका छैनन् । सरकारले भने सो समूहले ती बालबालिका अपहरण गरेको हुनसक्ने जानकारी गराएको छ ।