६ बैशाख २०८१, बिहीबार

ग्यास चुहावट हुँदा आगलागी

fire aago aaglagi jalera

चाँगुनारायण नगरपालिका–५ पिखेलका प्रदीप कार्कीको तीनतले कच्ची घरमा खाना पकाउने ग्यास लिक भई आगलागी भएको छ । आगलागीबाट रु ११ लाख ८६ हजार ५०० बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग व्यासी तथा चाँगुका प्रहरी टोली, भक्तपुरको दमकल तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार...