१६ चैत्र २०८०, शुक्रबार

बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Special Court 1 10394398311607864271

विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी विशेष अदालतमा प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो । अदालतमा अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातसँग लिएको बयानपछि अदालतले उक्त आदेश जारी गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद बिक्री गर्ने विरुद्ध पनि मुद्दा दायर गरिएको थियो । त्यसमध्ये भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसमेत रहनुभएको थियो । गत फागुनमै अदालतमा उपस्थिति हुन अदालतले भनेता पनि कोरोनाको महाकारीका कारण गरिएको बन्दाबन्दीले सरेको थियो ।

पूर्वमन्त्रीहरुमा डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्वसचिव दिनेशहरि अधिकारी उपस्थित भई जोशीबाहेक अन्य जनही रु पाँच लाख धरौटीमा छुट्ने आदेश भएको थियो । अदालतले जोशीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो ।

    सम्बन्धित समाचार...