१५ बैशाख २०८१, शनिबार

बन्दाबन्दीले बनायो उद्यमी

sailoon

कोरोना भाइरसका कारणले व्यवसाय जोखिम बनाएको समयमा नवीन लिम्बू सैलुन उद्यमी बन्नुभएको छ । पच्चीस वर्षीय उनी ताप्लेजुङको मिक्वाखोला खोक्लिङ गाउँका हुन् ।

बन्दको समयमा नवीनले आफूले चिनेका साथीकै सैलुुनमा बोलाएर कपाल काटिदिन थाल्नुभयो । उहाँमा सानैदेखि कपाल काट्ने रहर थियो । जापानीज भाषा प्रशिक्षण कक्षा बन्द भएपछि नवीनको समय साथीलाई बोलाएर कपाल काटिदिने दैनिकी हुन थाल्यो । लामो समय कोरोनाका कारणले बजार बन्दमा धेरै जनाको कपाल र दाह्री काट्न भ्याए । कपाल र दाह्री काटिदिएबापत उहाँले राम्रो पैसा हात पार्न थाल्नुभयो । विस्तारै विदेश जाने सपना फेरिन थाल्यो ।

उहाँ गत मङ्सिरको पहिलो हप्ता फुङ्लिङ बजारमा ६० हजार रुपैयाँबाट सैलुन खोल्न सफल हुनुभयो । अहिले तराई मुलको समुदायले सञ्चालन गरेको एक दर्जन जति सैलुन सञ्चालनमा छ ।

नवीन अहिले बिहानदेखि बेलुकीसम्म सैलुनमा कपाल काट्न व्यस्त छन् । उहाँ कपालसँगै दाह्री र कापाल रङ्ग लगाउने र फेसवाससमेत गर्ने गर्दछन् । कपाल काटेरै महिनाको खर्च कटाएर रु ३५ हजार कमाउँदै आएको उहाँ बताउनुहुन्छ । लाखौँ खर्च गरेर पढाइ सकेर पनि बेरोजगार बन्नेको हजारौँ सङ्ख्यामा छन् । जागिर खोज्दै नेताको पछि लाग्नेको सङ्ख्या पनि कम छैन । सानो लागानीमै विदेशमा पसिना बगाएर कमाएको जति आफ्नो परिवार सँगै बसेर कमाउन सकिन्छ भन्ने एक उदारणीय बनेका छन् नवीन । कम लगानीमा हातमा सीप भए विनालगानीमा पनि व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न सकिने व्यवसाय भएको उहाँ बताउनुहुन्छ ।

उहाँको सैलुनमा दैनिक नयाँ ग्राहक बढ्दै गएको छ । व्यापार व्यवसाय अगाडि पढाउन पहिलो राम्रो बोलीचाली हुन आवश्यक भएको उहाँ बताउनुहुन्छ । राम्रो बोली र राम्रो व्यवहारले मात्र सम्बन्ध जोडिँदै जाने र राम्रो सम्बन्धले मात्र व्यवसाय सफल हुने उहाँको तर्क छ ।

समय पहिलो स्थानीय समुदायले सैलुन खोलेकामा युवा नेता डम्बर ओख्राबो खुशी व्यक्त गर्नुभयो ।

    सम्बन्धित समाचार...