१६ चैत्र २०८०, शुक्रबार

पूर्ण खोप सुनिश्चितताका लागि स्वास्थ्य टोली परिचालित

khop 0

कैलालीको टीकापुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितताका लागि गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । विसं २०७४ कात्तिक १४ गते नगरपालिकाले पूर्ण खोप नगरपालिका घोषणा गरेको भए पनि बिचको अवधिमा नगरपालिकाभित्रका बालबालिकालाई दिइँदै आएका खोपको अवस्थामा बुझ्न र पूर्ण खोप नगरपालिकालाई मूर्तरुप दिन स्वास्थ्यकर्मी परिचालन गरेको हो ।

गत वर्ष भने चैतमा तथ्याङ्क सङ्कलनको काम गर्ने योजना बनाएको नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणका कारण काम गर्न सकेन् । यो अवधिमा बाहिरबाट बसाइँ सरी आउने र कोरोनाकै कारण पनि खोप लगाउन खोप केन्द्रसम्म मानिस नआएको हुनसक्ने नगरपालिकाले जनाएको छ । पूर्ण खोप सुनिश्चितताका लागि नगरपालिकाले ४० स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

स्वास्थ्यकर्मीको सहयोगीका रुपमा टोल–टोलमा १२० महिला स्वयंसेवकसमेत परिचालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताउनुभयो । तथ्याङ्क सङ्कलन गर्ने टोलीले नगरपालिकाका सबै घरको पूरा जनसङ्ख्यासहितकोे कुन उमेरको भन्नेसमेत फारममा उल्लेख गर्नुपर्ने छ ।

त्यस्ले नगरपालिकाको पछिल्लो जनसङ्ख्याको विवरणसमेत थाहा हुने स्वास्थ्य शाखा प्रमुख रावलले बताउनुभयो । “स्वास्थ्यकर्मीले ल्याएको तथ्याङ्कलाई नगरस्तरीय खोप समन्वय समितिमा बुझाउँछांै, कोही बालबालिका खोपबाट छुटेको भए उनीहरुलाई खोप दिने काम गर्छौ”, रावलले भन्नुभयो, “पुनः हामी तीनवटा वडाको ६० घरधुरीको तथ्याङ्क लिन्छौ र पहिलेको तथ्याङ्क ठिक भए वडाहुँदै नगरलाई पूर्ण खोप नगरपालिका घोषणा गर्छौं, नभए पुनः तथ्याङ्क जाँच गर्छौ ।”

शव बाहनका लािग रकम सङ्कलन

टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गर्ने गरी जनस्तरबाट शुरु गरिएको आर्थिक सङ्कलन अभियानले रकम सङ्कलनको काम सम्पन्न गरेको छ ।

टीकापुर सरोकार समूह र ह्युमानिटी फाउण्डेसनको संयोजनमा थालिएको अभियानमा संसारभरिबाट प्राप्त आर्थिक सहयोग १० दिनमै सङ्कलन गर्न सफल भएको हो । शव बाहन खरिदका लागि करिब रु साढे २६ लाख सङ्कलन भएको छ । टीकापुर सरोकार समूहसँगको सहकार्यमा ह्युमानिटी फाउण्डेसन नेपालले रु दुई लाख जम्मा गरेर शव बाहन खरिदका लागि थालिएको अभियानले चाहिने आवश्यक रकम सङ्कलन गरिसकेपछि अभियान रोकिएको ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य हिक्मत थापाले बताउनुभएको छ ।

    सम्बन्धित समाचार...