१६ चैत्र २०८०, शुक्रबार

मुलुकको आर्थिक विकासमा सहयोग गर्नुहोस् : मन्त्री गुरुङ

parbat gurung

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आमसञ्चारमाध्यमसँग अपिल गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ ९नाफिज०को पाँचौँ महासभालाई यहाँ आज समापन गर्दै उहाँले कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशन÷प्रसारण गर्न आग्रह गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “जनतालाई सही सूचना दिँदै सभ्य समाज निर्माण गर्न, आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ, त्यसैले आचारसंहिता र मापदण्डभित्र रहँदै पत्रकारिता क्षेत्र परिपक्व र जिम्मेवार बन्न जरुरी छ ।” उहाँले नेपाली पत्रकारिता क्षेत्र उद्यमशील बन्नुपर्ने बताउँदै मिडियामा हरेक हिसाबले लगानीकर्ता बलियो हँुदै जाने र श्रमजीवी पत्रकार कमजोर हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अबको पत्रकारिता देशको आर्थिक उत्थानमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल निर्वाचित हुनुभएको छ । त्यसैगरी रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजका मेनुका कार्की उपाध्यक्षमा चयन हुनुभएको छ । महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य, सहसचिव बिजपाटीका महमल अजमत अली र कोषाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी चयन हुनुभएको छ ।

महासभाले आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणीन्द्र दाहाल, बाह्रखरीका रोबिन पौडेल, अनलाइनखबरका नवीन ढुङ्गाना र नेपालखबरका दीपक भट्टलाई सदस्यमा चयन गरेको छ । कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सीताराम भट्टराई स्वतः कार्यसमिति सदस्य हुनुहन्छ । नवनिर्वाचित अध्यक्ष ढकालले संस्थाले आगामी दिनमा पेशागत सरोकार राख्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध विकास गर्ने बताउनुभयो ।