७ बैशाख २०८१, शुक्रबार

पाइलट र एयर होस्टेसको पहिरनमा आएर, विमानभित्रै पोर्न फिल्मको सुटिङ !

Capture1 1

कर्मचारीलाई झुक्याएर हवाइजहाजभित्रै पोर्न फिल्मको सुटिङ 

केही अभिनेताहरुले कर्मचारीलाई धोका दिएर संग्रहालयमा राखिएको एक हवाइजहाजभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् । यद्यपि, उनीहरुले विमानलाई एक दिनका लागि भाडामा लिएका थिए त्यसका लागि सय पाउन्ड अर्थात् १४ हजार रुपैयाँ पैसा तिरेका थिए ।

तर भित्र पोर्न फिल्म सुटिङ गर्ने तयारीबारे केही जानकारी दिएका थिएनन् । यो घटना बेलायतको मिडल्याण्ड एयर म्युजियमको भएको बेलायती मिडिया द सनको समाचारमा उल्लेख छ ।

मिडल्याण्ड एयर म्युजियममा आम सर्वसाधारण र बालबालिकाको उपस्थितिकै बेला पोर्न फिल्मको सुटिङ भएपछि कैयौं प्रश्न उठेका छन् । समाचारमा उल्लेख भएअनुसार जुन विमानमा सुटिङ भयो त्यो विमान कुनै बेला एयर फ्रान्सको थियो ।

संग्रहालयका कर्मचारीका अनुसार उनीहरुलाई झुक्याएर एडल्ट फिल्मको सुटिङ गरिएको थियो । सुटिङका लागि अभिनेताहरु पाइलट र एयर होस्टेसको पहिरनमा आएका थिए ।

plane2 QctIv38Zoy

उनीहरुले कर्मचारीलाई आफूहरु विमानमा स्विमवेयर सुट गर्न गइरहेको बताएका थिए । कर्मचारीले यदि आफूहरुलाई घटनाको जानकारी भएको भए त्यही बेला सुटिङ रोकिदिने बताएका थिए ।

जुन विमानमा सुटिङ भयो त्यो विमानलाई १९५० को दशकमा चार्टर होलिडेको लागि प्रयोग गरिन्थ्यो । संग्रहालयका प्रबन्धक डिआने जेम्सका अनुसार बेलाबेलामा मानिसहरु पाइलट र एयरहोस्टेसको पहिरनमा आएर विमानभित्र अभिनय गर्ने हुँदा उनीहरुमाथि कर्मचारीलाई शंका भएन ।

 

 

 

एजेन्सी

    सम्बन्धित समाचार...