१६ चैत्र २०८०, शुक्रबार

प्रदेश नं १ मा ८७ सङ्क्रमित थप

corona contract tracing

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ५८७ को पिसिआर परीक्षणमा २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपमा झापामा ३६, मोरङमा १५ मध्ये विराटनगरमा नौ, इलाममा १३, सुनसरीमा १२, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, ताप्लेजुङमा एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २८ हजार ५०२ पुगेको छ । प्रदेशमा आज ६२ जना सङ्क्रमित निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २३ हजार ४०५ पुगेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्म एक लाख ९८ हजार २२५ जनाको पिसिआर परीक्षण गर्ने सम्पन्न गरिएको छ ।