८ बैशाख २०८१, शनिबार

एउटी विदेशी महिलाले फेवातालमा अश्लिल फोटोसुट गरे पछि !

Naked Photo Suit in Pokhara

नेपालमा पर्यटक ओइरिने एउटै कारण छ, त्यो हो यहाँको प्राकृतिक सम्पदा। कंक्रिट संरचनाबाट आहत भएका विदेशी पर्यटकका आँखा प्राकृतिक स्वच्छन्द सम्पदामा रमाउन पाउँदा साँच्चिकै राहत महशुस गर्छन्। त्यस्ता सम्पदाहरु नेपाली जनसमुदायका धार्मिक पुज्य स्थल पनि हुन्। जुन वर्षौदेखि पुजिँदै संरक्षण भइरहेका छन्।

तर घुम्ने बहानामा केही विदेशीले नेपालका पवित्र प्राकृतिक स्रोत साधनमा अश्लिल गतिविधि गर्नाले त्यस क्षेत्रको सुगन्ध भन्दा दुर्गन्ध फैलिन्छ। यस्तै दुर्गन्ध फैलाइएकी छन् एउटी विदेशी नागरिकले।

युवाहरुमाझ अत्यन्तै लोकप्रिय बनेको इन्स्टाग्राममा ‘कोम्सिकोम्सास’ नामक विदेशी महिलाले पोखराको फेवातालमा नग्न तस्बिर खिचाएर पोस्ट गरेकी छन्। एकैसाथ दुई तस्बिर पोस्ट गरेकी उनले क्याप्सनमै ‘प्रकृतिको आनन्द लिन स्वतन्त्र छोडिदिन्छु’ मनसाय व्यक्त गरेकी छन्। रसियन भाषामा उल्लेखित उक्त क्याम्पसनमा त्यसको भोलिपल्ट नै अन्नपूर्ण बेसक्याम्पका लागि यात्रा गर्ने समेत जनाएकी छन्।

उक्त तस्बिरमा टपलेस देखिएकी उक्त महिलाले पछाडिबाट पिठ्यूँ फर्काएर हातमा बहाना लिई डुंगामा बसेको देख्न सकिन्छ। ६ सय ६४ फ्लोअर्स भएको उनको इन्स्टाग्राममा आफू योगा प्रशिक्षक भएको खुलाएकी छन्। उक्त नग्न तस्बिरमा मात्रै सयौं लाइक र कमेन्ट छन्।

अन्नपूर्ण सर्किट हुँदै थोरङ भञ्ज्याङ पुगेकी उनका गतिविधि सञ्जालमा हेर्दा पनि विभिन्न प्राकृतिक सम्पदामा अर्धनग्न तस्बिर खिचाइरहेको देखिन्छ। तर फेवातालमा अधिक मानवीय चहलपहल हुने ठाउँमा समेत दिउँसोकै समयमा नग्न तस्बिर खिचाउनुले निगरानी गर्ने निकायले त्यस्ता गतिविधि निषेध गर्न चासो नदेखाएको हो की भन्ने प्रश्न उठेको छ।

के छ सजाय प्रावधान ? 

मुलुकी अपराध संहिताले नै सार्वजनिक स्थलमा यौनाङ्ग देखाउन नहुने सम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरेको छ।

संहिताको परिच्छेद ५, दफा १२२ मा ‘१० वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्न हुँदैन’ भन्ने व्यवस्था छ।

त्यस्तो कार्य गर्नेलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ।

साथै, सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नेलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

भेटाए कारबाही गर्छँ : पर्यटक प्रहरी

सार्वजनिक स्थलमा यौनाङ्ग देखाई सामाजिक खलल पुर्‍याउने जहाँसुकैका नागरिक भएपनि कारबाही हुने पर्यटक प्रहरी कार्यालय पोखराका एक प्रहरीले बताए।

निगरानी नै फितलो भएको हो कीरु भन्ने प्रश्नमा उनी भन्छन्, ‘गस्तीका क्रममा भेटिएका वा सूचनाको आधारमा नग्न हिँडिरहेका अवस्थासमेत फेला पारेकालाई कानुन अनुसार कारबाही सिफारिस गरी उनीहरुकै देश फर्काउनेसम्म गरेका छौँ।’

इन्स्टाग्राममा नग्न तस्बिर अपलोड गरेकी रसियाकी ती महिलाले नेपाल छाडिसकेकी छन्। त्यसैकारण उनलाई पक्राउ गरेर कारबाही गर्न सम्भव नभएकाले सम्बन्धित विभागमा रिपोर्ट गरिने ती प्रहरी अधिकारीले बताए । देश सञ्चार डटकम

    सम्बन्धित समाचार...