१५ चैत्र २०८०, बिहीबार

आज डाकिएको बैठकमा अध्यक्ष ओली अनुपस्थित, सचिवालय बैठक मङ्सिर २० गते

nekapa sachibalaya baithak

शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन भएको छ । सचिवालय बैठक लम्बिएसँगै मङ्सिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मङ्सिर २१ गतेसम्मका लागि सरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर बसेर बैठक स्थगन भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित छ ।

दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीका बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच विवाद छ । आजको बैठकमा अध्यक्ष ओली अनुपस्थित हुनुहुन्थ्यो ।