१२ बैशाख २०८१, बुधबार

नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

2019 acc emerging teams asia cup nepal vs india

एसीसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा भारत विरुद्धको खेलमा नेपाल १ सय ९३ रनमा समेटिएको छ ।

टस हारेर ब्याटिङमा उत्रेको नेपाल ४४।५ ओभरमा अलआउट हुन पुग्यो । नेपालका लागि पवन शर्राफले सर्वाधिक ५६ रन बनाए भने शरद भेष्वाकरले ४४ रनको योगदान दिए ।

शर्राफले ४९ बलमा ७ चौका र २ छक्का हिर्काए । त्यस्तै, कुशल भुर्तेलले २८ रन बनाउँदा करण केसीले २० रन बनाए ।

अन्य खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न समेत सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भए । भारतका लागि सौरभ दुवेले ४ तथा यश राठोरले ३ विकेट लिए । पार्थ रेखादेले २ विकेट लिए ।

बंगलादेशमा बिहीबारदेखि एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट सुरु भएको हो ।

त्यस अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली टोलीले भारतसँग खेलिरहेको छ । जारी खेलमा पहिले ब्याटिङ्ग गरेको नेपालले ४४ ओभर पाँच बलमा सबै विकेट गुमाएर १९३ रन बनायो ।

    सम्बन्धित समाचार...