८ बैशाख २०८१, शनिबार

राजतन्त्र फर्काउने सपना पूरा हुँदैन : अध्यक्ष साह

haricharan shah

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैकोे सपना पूरा नहुने बताउनुभएको छ ।

पार्टी कार्यक्रमका लागि यहाँ आइपुग्नुभएका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले ती शक्तिको सपना पूरा हुन नदिने बताउनुभयो ।

उहाँले आर्थिक अपारदर्शिता र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि दिनुभयो ।

    सम्बन्धित समाचार...