१६ चैत्र २०८०, शुक्रबार

पहेँलो धातुको मूल्यमा ५०० वृद्धि

gold

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ ।

त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।

यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि भएको हो ।