१२ बैशाख २०८१, बुधबार

दलित तथा विपन्न ४३ घरधुरीलाई खाद्यान्न सहयोग

rasan
फाइल फोटो

हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका अतिविपन्न तथा दलित समुदायका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सोही वडाका तोर्पागाउँका पे्रमदोर्जे लामाकोे व्यक्तिगत सहयोग तथा छिरिनपाल्देन लामाको सहकार्यमा खाद्यान्न वितरण गरिएको हो ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण केही राहत होस् भन्ने उद्देश्यका साथ बरगाउँका ४३ दलित तथा अतिविपन्न वर्ग, पिछडिएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको छिरिनपाल्देन लामाले बताउनुभयो । उक्त गाउँका प्रतिघरपरिवारलाई २५ किलोको दरले ४३ बोरा बासमती चामल वितरण गरिएको लामाले बताउनुभयो ।

हुम्लादेखि पहिलो सगरमाथा आरोही गर्ने प्रेमदोर्जे लामाले मङ्सिर १४ गते नेपालगञ्जबाट हवाईमार्फत ढुवानी गरी गाउँमा पुर्याएर राहत सहयोग गरिएको हो । देशभर कोभिड–१९ शुरु भएदेखि नै बरगाउँका दलितलाई खानाको समस्या हुने भएपछि आफूले उनीहरुका लागि सानो सहयोग गरेको प्रेम लामाले बताउनुभयो ।