१८ बैशाख २०८१, मंगलवार

पूर्वी इलामबाट चलचित्र ‘कृष्णलीला’ को छायाँकन सुरु

k6

दशैअघिनै नै निर्माण घोषणा गरिएकाे चलचित्र ‘कृष्णलीला’ को गत शुक्रबारबाट छायांकन सुरु गरिएकाे छ । पूर्वी नेपालको झापाबाट छायाँकन सुरु गरिएकाे चलचित्रकाे निर्माण टिम अहिले इलाम पुगेको छ ।
दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रको अहिले‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतबाट सुरु भएको जानकारी टिमले बताएका छन ।

साथै गीतकाे छायाँकन भइरहेकाे तस्बिरहरु बाहिरिएकाे छ । गीतमा फिल्मका मुख्य अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेकाे र गीतलाइ बाबु श्रेष्ठले खिचेको हुन ।

pushpa khadka shradda chetr

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्र कृष्णलीला’ मा पुष्प खड्का,श्रद्धा क्षेत्रीसंगै बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकाररुकाे मुख्य भूमिका रहेकाे छ ।

प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रको कोशी नदी किनारमा सेट लगाएर सुटिङ आरम्भ गरिएको थियो । अहिले चलचित्र युनीट इलामको पानीटार पुगेको छ । त्यहाँ गीतको छायांकन सम्पन्न गरेरपश्चात् दृश्य खिच्न थालीने जानकारी निर्देशक वलीले दिएका छन् ।
चलचित्रकाे सम्पूर्ण छायांकन पूर्वी नेपालमै सकिने बताइएकाे छ ।

    सम्बन्धित समाचार...