१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटकमा ‘डेब्यु’

oli 3

प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन्। देशको ठूलो पार्टी नेकपाका अध्यक्षसमेत रहेका आइतबार एकाउन्ट खोलेका हुन् ।

युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटक एकाउन्ट भेरिफाइड समेत भइसकेको छ। प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन ।

टिकटकले इन्टरनेटको ब्यान्डविथ धेरै खाने कारणले इन्टरनेट स्लो भएको भन्दै संसारभर चाइनिज एप बन्द गर्ने लहर छ । यसअघि अमेरिका र भारतले आफ्ना देशमा टिकटक एप बन्द गरेका छन् । तर, संसारभर बन्द हुँदै गएको एपमा प्रधानमन्त्रीले खाता खोल्नु त्यो पनि चिनियाँ रक्षामन्त्री एक दिने भ्रमणमा आएको पूर्व सन्ध्यामा, निकै नै अर्थपूर्ण मान्न सकिन्छ ।

पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ । हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने यो समाचार तयार पार्दासम्म भिडियोको भ्युज लगभग ३ लाख भियूज पुगिसकेको छ। ५ सय ६५ कमेन्ट, २० हजार भन्दा माथी लाइक र ४ सय २६ भन्दा बढी जनाले प्रधानमन्त्रीको भिडियो सेयर गरेका छन्।

@kpsharmaoli_official

We are working on service integration digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli