७ बैशाख २०८१, शुक्रबार

स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न सभामुखको आह्वान

agni sapkota

सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रको सुदृढीकरण र सङ्घीयतालाई स्थायित्व प्रदान गर्न प्रदेशसभाले स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न आह्वान गर्नुुभएको छ ।

सङ्घीय संसद् सचिवालयद्वारा आयोजित ‘सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया समापन समारोहमा उहाँले कानून निर्माणलगायतका विषयमा अधिकतम सहयोग गरी दिशा निर्देशन गर्न उहाँले आग्रह गर्नुुभएको हो ।

संसद्लाई जीवन्त तुल्याउँदै जनमुखी र व्यावहारिक कानून निर्माण गर्न सुुझाव दिँदै सभामुख सापकोटाले भन्नुुभयो, “सभामुुख र उपसभामुख पद विवादमा नआउने समन्वयकारी भएकाले तटस्थ र निष्पक्ष हुुनुपर्छ, प्रदेशको पहिचान स्थापित गर्ने अहिले ठूलो अवसर र चुनौती छ, राम्रो काम गरेर इतिहास रच्ने अवसरको सदुुपयोग होस् ।”

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेट बनाउँदा वार्षिकरुपमा मन्त्रालयगत सीमा तोक्ने पुरानो परिपाटी व्यावहारिक नदेखिएकाले त्यसमा पुनःविचार गरी आवश्यकता र औचित्यका आधारमा बजेट निर्धारण गर्न सुुझाव दिनुुभएको छ ।

उहाँले भन्नुुभयो, “संसद्ले रुलिङ गरेको विषयलाई सरकारले सम्बोधन गर्नुुपर्छ, संसदीय मूल्यमान्यता र जवाफदेहीताको सम्मान गर्न आवश्यक छ, सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफै निर्धारण गर्नुपर्छ ।”