८ बैशाख २०८१, शनिबार

मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव कुँवर प्रहरी नियन्त्रणमा

प्रेम कुँवर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएका आरोपमा प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको हो । पूर्वपश्चिम राजमार्गमा मोटरसाइलकमा हिँडिरहेका उनले गोरुगाडालाई ठक्कर दिएका थिए ।

प्रहरीले उनीमाथि मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको आरोप लगाएको छ । कुँवरले चलाएको मोटरसाइकल गोरुगाडासँग ठोक्किन पुग्दा गोरुगाडा अनियन्त्रित भई ढलेको थियो।

गोरुगाडा पल्टिएपछि सो गाडामा सवार चारजना घाइते भएका छन्। गाडा गौरीगंगा १० का टीकाराम चौधरीको हो । घाइतेहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। घटनामा स्वकीय सचिव कुँवरलाई भने चोट लागेको छैन । उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाइकल भने क्षतिग्रस्त भएको छ ।

    सम्बन्धित समाचार...