७ बैशाख २०८१, शुक्रबार

शैक्षिक क्षेत्रमा कोरोनाको प्रभाव विषयक वक्तृत्वकला

school

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) कास्कीद्वारा आज पोखरामा आयोजित शैक्षिक क्षेत्रमा कोरोना प्रभाव विषयक वक्तृत्वकला प्रतियोगितामा रत्नज्योति माध्यमिक विद्यालयकी छात्रा अमृता अधिकारी प्रथम बन्नुभएको छ ।

प्रतियोगितामा राइजिङ स्टार एकेडेमीकी छात्रा खुशी विक द्वितीय, पोखरा क्याम्ब्रिज इङ्गलिस स्कुलकी सञ्जना मगर तृतीय र अक्सफोर्ड स्कुलकी रोशनी शर्माले चतुर्थस्थान प्राप्त गर्नुभयो । प्रतियोगितामा कूल १७ वटा विद्यालयका विद्यार्थीको उपस्थिति थियो ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले नेसनल प्याब्सनले शैक्षिक गतिविधिमा आफूलाई अगाडि बढाउँदै आएको बताउँदै कोरोना प्रभावका बाबजुद सुरक्षा सजगताका साथ आगामी दिनमा शिक्षा क्षेत्र सामान्य अवस्थामा फर्कनुपर्ने बताउनुभयो । सो अवसरमा विजयी विद्यार्थीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।