१६ चैत्र २०८०, शुक्रबार

प्रदेशसभाका दुई सदस्यद्वारा रु एक लाख बराबर दशैँ भत्ता आविष्कार केन्द्रलाई

national innovation center

नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको छ ।

कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । उहाँहरुले दशैँ भत्तावापत पाउने रु ५२ हजार २०० का दरले दुई जनाको एकमुष्ट रु एक लाख चार हजार ४०० हस्तान्तरण गर्नुभयो ।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दशैँ भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ । यसअघि कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसक्नुभएको छ ।