१५ चैत्र २०८०, बिहीबार

बहस गर्ने कानुन व्यवसायीहरु धेरै हुँदा आलमको मुद्दा लम्बियो

बहस गर्ने कानुन व्यवसायीहरु धेरै हुँदा आलमको मुद्दा लम्बियो

रौतहट, हत्या अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि प्रतिवादीको तर्फबाट बहस जारी छ ।

हिजो कानुन व्यावसायी शेरबहादुर केसीलगायत चार जनाको मात्र बहस सकिएकाले बाँकी कानुन व्यवसायीहरुले आज बहस गरिरहेका छन् । बहस गर्ने कानुन व्यवसायी धेरै हुँदा आलमको मुद्दा लम्बिएको जिल्ला अदालत रौतहटले जनाएको छ ।

आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर गरिएको छ ।

क्जबचभ त्धभभत

    सम्बन्धित समाचार...