१५ चैत्र २०८०, बिहीबार

पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्न जोड

makune

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्र्दै अगि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसकिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीको सरुवाबढुवामा देखिएका अनियमिता समाप्त पार्न गुणदोषका आधारमा मूल्याङ्कन गर्ने पद्धतिको विकास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।नेता नेपालले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

नेपाल कर्मचारी सङ्गठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई पूर्वप्रधानमन्त्री नेपालले सम्मान गर्नुभएको थियो ।