७ बैशाख २०८१, शुक्रबार

भारतले आफ्नो रवैया तत्काल सच्याई असल छिमेकीको कर्तव्य पूरा गरोस्

भारतले आफ्नो रवैया तत्काल सच्याई असल छिमेकीको कर्तव्य पूरा गरोस्

सिंगापुरमा क्याविनेट भारतमा गाभ्न बसेको थियो 

नेकपा (माले), नेपाली कांग्रेस (वी.पी.) , नेपाल समाजवादीकांग्रेस, जन समाजवादी पार्टी, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी) र जनताको प्रजातान्त्रीक पार्टी सम्मिलितसंयूक्त राष्ट्रिय आन्दोलनले लिपुलेक, कालापानी लगायत भारतसँगको सीमा विवादहल गर्नको लागि सरकारले गम्भिर पहलगर्नुपर्ने बताएको छ । ६ पार्टीले एक स्वरमामुलुकको स्वाधिनता, सार्वभौमिकता र अखण्डताको रक्षाकालागि दृढतापूर्वक उभिई सम्पूर्ण देशवासीको भावना र चाहानालाई पुरा गर्न सबै दलहरुलार्ई साथलिई तत्काल यो समस्याको समाधानगर्न सरकारसँग जोडदार आग्रह गरेका छन् ।

उनीहरुले भारतले जारी गरेको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक सम्मको समग्र कालापानी क्षेत्रमा पर्ने नेपालको भू–भागलाई भारतमागाभी आफूहरुको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता माथि ठाडो अतिक्रमण गरेको पनि टिप्पणी गरेका छन् । संयूक्त राष्ट्रिय आन्दोलनले सोमबार पत्रकार सम्मेलनगर्दै मुलुकको स्वाधिनता, सार्वभौमिकता र अखण्डता रक्षागर्नु प्रत्येक देशका नागरिक र सरकारको अहम् कर्तव्य भएको उल्लेख गर्दै भनेको छ,‘हामी भारत सरकारको यस्तो रवैयाको तिव्र विरोध गर्दछौ र यसलाई तत्काल सच्चाई असल छिमेकीको कर्तव्य पुरा गर्न जोडदार मागगर्दछौ ।’

६ वटै पार्टीकाअध्यक्षहरुको नाममा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा थप भनिएको छ,‘हामीभारत सरकारलाई यो पनि स्मरण गराउन चाहान्छौ । नेपाल परापूर्वकालदेखी सदा सर्वदा स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा रहदै आएको छ । कसैको अधिनस्थता र साम्राज्यलाई स्वीकार गरेको छैन र गर्ने पनि छैन । साथै छिमेकी लगायत अन्यमुलुकको स्वाधिनता र अखण्डतालाई सधै हार्दिकतापूर्वक सम्मानगर्दै आएको छ र गरिरहनेछ । यो हाम्रो गौरवपूर्ण अतितलाई हामी वर्तमान र भविष्यबनाउन सम्पूर्ण नेपाली जनता संकल्पबद्घ छौं । यसकालागि जस्तोसुकै कठिनाई व्यहोर्न तयार छौं भन्ने कुराको ज्वलन्त उदाहरण केहीवर्ष अगाडि भारतले लगाएको अघोषित नाकाबन्दीमा नेपाली जनताले देखाएको एकता, दृढता र सहनशिलतालाई भविष्यमा विश्व गुरु बन्ने सपनाबोकेको भारत सरकारले स्मरण गर्दा उसको विवेक र चेतको क्षितिज फराकिलो होला भन्ने हामी स्मरण गराउन चाहान्छौ ।’

संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपीशर्मा ओलीले भर्खरै आह्वानगरेर सम्पन्न सर्वपक्षीय बैठकको भने समर्थन गरेको छ । विज्ञप्तीमा थप भनिएको छ,‘ढिलै भएपनि यही कात्र्तिक २३ गते संसदमा रहेका दलहरु समेतको सर्वपक्षिय बैठकले भारत द्घारा गरिएको नेपालीभुमी अतिक्रमणको विरोध गर्ने साथै कुटनैतिक र राजनैतिक माध्यमबाट तीनलाई फिर्तालिने अभुतपूर्व सहमति र एकता प्रदर्शन गरेका छन् जस्लाई हामी दृढ सर्मथन गर्दछौ ।

यीनको कार्यान्वयन गर्ने जिम्मेवारी वर्तमान सरकारको हो तर नेपाल सरकारले विगतकाल देखि प्रदर्शित गर्दै आएको ढुलमुले निती र व्यवहार प्रति गम्भीर आपत्ति र विरोध जनाउदै संयूक्त राष्ट्रिय आन्दोलनमा संगठित हामी दलहरु सम्पूर्ण देशवासीको भावना र चाहानालाई पुरा गर्न दृढतापूर्वक निरन्तर रुपमा आन्दोलित भैरहने प्रतिवद्घता व्यक्त गर्दछौ । साथै आफ्नो मुलुकको स्वाधिनता, सार्वभौमिकता र अखण्डताको रक्षाकालागि दृढतापूर्वक उभिई सम्पूर्ण देशवासीको भावना र चाहानालाई पुरा गर्न सबै दलहरुलार्ई साथलिई तत्काल यो समस्याको समाधानगर्न सरकारसँग जोडदार आग्रहगर्दछौ।’

कार्यक्रममाबोल्दै नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सि.पि. मैनालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आउँदा नेपाली भूमी लिपुलेक,कालापानी र लिम्पियाधुराकाबारेमा बैठक बस्ने भनेतापनिआजसम्म बैठक बस्न नसकेकोमा गुनासो पोखे ।

उनले नेपालको ७१ वटा सीमामा अतिक्रमण भएको र ३७१ क्षेत्रफलमा रहेको नेपाली भूमी भारतले कब्जा गरेको दाबी गरे । उनले भने,‘नेपालको आफ्नो जग्गासंरक्षणका लागिहामी सरकारको साथमाछौँ । अहिले भारतको नक्सामा कैद भएकाती भूभाग नेपालको हो ।’ उनले भारतले कब्जा गरेको जमिनलाई फिर्ता गर्न सरकारसँग आग्रहगर्नुका साथै सामाजिकन्यायकाआधारमा सामाजिकपूँजीलाई संरक्षण गर्न देशभक्तहरुलाई आग्रह गरे।

त्यस्तै, नेपालीकाग्रेस (वी.पी.)का सभापति हरिबोल भट्टराईले देशभक्त र राष्ट्रभक्त एक हुनुपर्नेमा जोड दिएका छन् । उनले वर्तमान सरकारको लापरबाहीका कारण भारतले नेपालको जमिनकब्जा गरेको गम्भिर आरोप लगाए । साथै, सत्तारुढ दलका नेताहरुले जातीयता, क्षेत्रीयता जस्ता कुराहरु उठाएर देशलाई बर्बाद बनाएको पनिउनको गम्भिर टिप्पणी छ । उनले भने,‘यो नालायक सत्ता जहिलेसम्म रहन्छ तबसम्म देश डुब्ने खतरा छ ।’ भट्टराईले नेपालको जमिनफिर्ता गर्नकालागि आफूहरु आन्दोलनमा उत्रिएको र आफूहरुलाई ‘सत्ता नभएर देश चाहिएको’ कुरा स्पष्ट पारे ।

‘नेताहरुको नियतनै खोटी भएको र नेपाललाई कसरी हड्प्ने भन्ने छिमेकीको कुनियतपूर्ण गठबन्धनमा लागेका छन् हाम्रा नेताहरु । राणा शासनकालमा नेपालको जमिन संरक्षण थियो । तर, अहिले क्रान्तिकारी भनाउँदा नेताहरुले आन्तरीक र बाह्य रुपमा देशलाइृ तहसनहस पारे ।’ भट्टराईले मुलुकलाई आर्थिक–सामाजिक रुपले सुदृढ पार्नका लागिआफूहरुको आन्दोलन जारी रहेको बताए । स्वस्थ राजनीति र सुशासनले देशलाई सुदृढ पार्ने विपीको विचारमाआफ्नो पार्टी पूर्ण कट्टीबद्ध रहेको पनिउनले विश्वास दिलाए ।

त्यस्तै, जनसमाजवादी पार्टीकाअध्यक्ष सुवासराजकाफ्लेले नेपालमाथिलागेको चोट सम्पूर्ण छोराछोरी मिलेर ठीक पानुपर्ने बताए । छिमेकीले नाङ्गो व्यवहार देखाउँदापनि सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ । उनले भने,‘वर्तमानसरकारलेक्यालेण्डर र रोडम्यापबिना कामगरिरहेको हुँदा छिमेकीले आँखा गाढेकोहो, भारतले विश्वसामु नेपाली जमिनलाई आफ्नो हो भनीचिनाएको छ । भारतले नेपालसँग रावणको व्यवहार गरेको छ ।’

उक्तकार्यक्रममा नेपाल सर्वाहारा कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष भावना बिद्रोहीले सरकारले ज्यादती, लज्जास्पद, हस्तक्षेप, मिचाह व्यवहार गरेको हुँदाआफूहरु आन्दोलनमा उत्रिनु परेको बताइन् ।

त्यस्तै, उनले भारतले नेपालमा राजनीतिक हस्तक्षेप,बलात्कार, चोरी–डकैतीजस्ता घट्नाहरु घटाइरहेको पनि आरोप लगाईन् । उनले सबै भन्दापहिले भारतको इशारामा चल्ने सत्तारुढ दलका नेताको ढोकाढोकामाजाने चेतावनीदिईन् । त्यस्तै, उनले नेपाल स्थित भारतीय दुतावास घेर्ने र अन्तिममा विस्तारवादसँग लड्ने आफूहरुको कार्यक्रम रहेको उद्धघोष गरिन् ।

जनताको प्रजातान्त्रिक पार्टीकाअध्यक्ष धनश्याम भण्डारीले कुटनीतिक रुपमाभारतले कब्जा गरेको नेपालको जग्गाफिर्ता गर्ने बताए । नेपालमा अथाह विकासका सम्भाव्यताहरुलाई छिमेकीले गिद्धेनजर लगाएको उनको आरोप छ । छिमेकी मुलुकमात्र नभएर विश्वले नै नेपाललाई गिद्धे नजरले हेर्ने गरेको हुँदा नेपालीहरु चनाखो हुनुपर्नेमा उनले जोड दिए ।

नेपाल समाजवादी कांग्रेसकाअध्यक्ष गोविन्द निरौलाले भारतले नेपालको सार्वभौमिकता र स्वाधिनता माथि धावाबोलेको बताए । ‘सत्तामा बस्ने शासकहरु सिंगापुरमा क्याविनेट बस्छन् के कारणले’–उनको प्रश्न थियो । ‘कि लिपुलेक, लिम्पियाधुरा,कालापानीलाई भारतमा गाभ्न बसेको थियो ?’–उनले फेरी भने ।

सानो देश भएको कारण आफूहरुलाई छिमेकीले नहेपोस् भन्ने उनको अभिव्यक्ति थियो । उनले भने,‘फेरी हामीले मिसाइल बनाएर छिमेकीमुलुकसँग युद्ध गर्न बाध्य नपारोस् ।’निरौलाले नक्सा सच्याउन भारतलाई नेपाल सरकारले जोड दिर्नुपर्ने बताए ।

    सम्बन्धित समाचार...