६ बैशाख २०८१, बिहीबार

नेपालमा थप २४ जनाको मृत्यु, १७९० जना संक्रमित थपिए

corona insurance

नेपालमा बितेको २४ घण्टामा १ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

यस्तै २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । नेपालमा हाल १७ हजार ८५९ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ ।