१५ चैत्र २०८०, बिहीबार

कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा !

IRD Dhadeldhura

डडेल्धुरा-डडेल्धुरा आन्तरिक राजस्व कार्यालयले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ। लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको छ।

कार्यालयले सूचना जारी गर्दै विसं २०७५ असार मसान्तसम्म भ्याट विवरण पेश नगर्ने करदातालाई यस वर्षको फागुनसम्मको समय तोकेको छ। विसं २०७७ फागुन मसान्तभित्र कर विवरण बुझाएमा तिर्नुपर्ने जरिवाना, थप दस्तुर र पाँच प्रतिशत व्याजसमेत नतिर्नुपर्ने सूचनामा उल्लेख छ।

अगामी फागुन मसान्तसम्म मात्र योजना रहेको र यसको लाभ उठाउन व्यवसायीलाई आह्वान गरिइएको छ। यसैबीच कार्यालयले कर नबुझाउने ७४ जना व्यवसायीको सूची सार्वजनिक गरेको छ । सूचीमा अमरगढी नगरपालिका प्रमुखलगायत विभिन्न व्यक्ति रहेका जनाइएको छ।