२२ बैशाख २०८२, सोमबार

‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’

Oli Deuba

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गर्नुभएको छ ।

नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताउनुभयो ।

अर्काे प्रसङ्गमा उहाँले कोरोना सङ्क्रमण बढ्दै गर्दा सरकारले स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको र पिसिआर परीक्षणको दायरा घटाउने कार्य गरेको आरोप लगाउनुभयो ।

    सम्बन्धित समाचार...