२० बैशाख २०८१, बिहीबार

नेपाल बसेका ३ विदेशी नागरिकलाई देशनिकाला

cabinet

सरकारले गैरकानुनी रुपमा लामो समयसम्म नेपाल बसेका ३ विदेशी नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शूल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र अधिकतम जरिवाना रु ५० हजार समेत मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यस्तै गैरकानुनी रुपमा लामो समयसम्म नेपालमा बसोबास गरेका यमन गणराज्यका नागरिकहरु मोहम्मद इस्माइल अहमेद ओवादी र नासिम इस्माइल अहमेद ओवादीले बुझाउनुपर्ने भिसा शुल्क दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शूल्क ५ हजार १ सय १० अमेरिकी डलर र अधिकतम जरिवाना रु. १ लाख समेत मिनाहा गरी देश निकाला गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।

    सम्बन्धित समाचार...