७ बैशाख २०८१, शुक्रबार

कोरोनाबाट सतर्कता अपनाउँदै देश विकासमा लागौँ : मन्त्री भट्ट

lekhraj bhatta

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउँदै देश विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल सितोरियो कराते सतुङ्गल डोजोद्वारा आज चन्द्रागिरिमा आयोजित ‘विशिष्ट व्यक्ति सम्मान कार्यक्रम’मा उहाँले कोरोनाबाट सतर्कता अपनाउँदै युद्धस्तरमा काम गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो । “देशभर कोरोनाको प्रभाव भएपनि विस्तारै सामान्य जीवनतर्फ उन्मुख हुँदै विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री भट्टले कुनै पनि मुलुकको विकासका लागि त्यहाँका जनता स्वस्थ्य हुनुपर्ने बताउँदै जनतालाई स्वस्थ्य बनाउन खेलकूदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । खेलकूद क्षेत्रमा राज्यले गर्नुपर्ने भूमिकामा केही समस्या भए आगामी दिनमा परिस्कृत गर्दै लैजाने उहाँको भनाइ थियो ।

चन्द्रागिरी नगरपालिका–१५ का वडाअध्यक्ष उत्तमबहादुर राउतले देशको विकास र समृद्धिका लागि सरकारले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा लगानी गर्नुपर्ने बताउनुभयो । सतुङ्गल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हितका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । सोही अवसरमा मन्त्री भट्टले मुलुकको खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्नुभएको थियो ।