११ बैशाख २०८१, मंगलवार

दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

1605795236

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन शुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन आज कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको हो । निर्विरोध निर्वाचित दुवै केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका हुनुहुन्छ ।

यसअघि मोरङ व्यापार सङ्घको कार्यकारी सदस्यसमेत रहनुभएका राउत हाल नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश नं १ का उपाध्यक्षसमेत हुनुहुन्छ । त्यस्तै अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल इन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुनुहुन्छ । अग्रवाल एशोसिएटतर्फबाट च्याम्बरअन्तर्गत निर्विरोध हुनुभएको महासङ्घले जनाएको छ ।

    सम्बन्धित समाचार...