१४ बैशाख २०८१, शुक्रबार

गायक सन्दिप कार्कीको ‘सानु तिम्लाई कस्तो छ’ सार्बजनिक

साङ्गितिक क्षेत्रमा एरेन्जर, सेक्सोफोन बाधक, गिटारिस्ट भएर डेढ दशक लामो समय बिताइसकेका सन्दिप कार्कीले अहिले भने आफ्नो आवाजमा ‘सानु तिम्लाई कस्तो छ’ बोलको गीत सार्बजनिक गरेका छन् ।

आफ्नै शब्द सङ्गीत र सङ्गीत सम्योजनमा रहेको गीत मार्मिक र मन्त्रमुग्ध बनाउने गीत बनेको छ ।

नेपालका धेरै चर्चित गायक गायिकाहरु सबैका गीतमा सङ्गीत र सङ्गीत सम्योजन अनि गिटारिस्ट, सेक्सोफोन बजाइसकेका सन्दिप बहुप्रतिभाका खानी हुन । सानै देखि सेक्सोफोन बजाउन माहिर सन्दिपले यति मीठो गीत पनि गाउन सक्छन भन्ने बिरलैलाई थाहा होला ।

गायन र बाध्यबादनमा मात्रै माहिर नभयर राम्रो अभिनय समेत गरेर सबैलाई चकित पारेका छन् भने मोडेलमा नायिका सम्पदा बानियाले साथ दिएकी छिन ।

“सानु तिम्लाई कस्तो छ” बोलको गीतमा छायांकन र निर्देशन सचिन थापा को रहेको छ भने सम्पादन सिलन लम्शाल को रहेको छ ।

    सम्बन्धित समाचार...