११ बैशाख २०८१, मंगलवार

तिहार र छठ पछि काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा जारी हुनसक्ने !

cmc mayor forum meeting

काठमाडौं उपत्यकाको बढ्दो कोभिड—१९ संक्रमण दर नियन्त्रण गर्न छठपछि कडा निषेधाज्ञा गर्ने विषयमा छलफल सुरु भएको छ ।

उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ ।

मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठका अनुसार संक्रमणको अवस्था भयावह हुँदै गएकाले कडा खालको आवश्यकता रहेको छ ।

श्रेष्ठका अनुसार तिहार छठ लगत्तै उपत्यकामा बढिरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भिर छलफल भएको हो । सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने श्रेष्ठले भन्नुभयो ।

madan sundar shakya