१३ बैशाख २०८१, बिहीबार

लागुऔषध, पटका सहित पक्राउ

arest 1

इलाका प्रहरी कार्यालय दुम्कीबासले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका–१ होङ्सी जाने गेट नजिकैबाट सोमबार प्रहरीले लागुऔषधसहित तनहुँ जिल्ला भानु नगरपालिका–१ का २२ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले डाइजापाम २०५ एम्पुल, फेनारगन १८७ एम्पुल र नुर्फिन २०४ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तामाङले बताउनुभयो । पक्राउ परेका परियारलाई लागुऔषध तथा नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

पटका बरामद

भारतबाट अवैधरूपमा ल्याइएको बिनाबिलको अबिरजन्य पदार्थ र पटका नवलपुर प्रहरीले बरामद गरेको छ । विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारस्थितमा प्रहरी चौकी दाउन्नेबाट खटिएको जाँच टोलीले सवारी जाँच गर्ने क्रममा बिनाबिलको अबिरजन्य पदार्थ १६६ किलोग्राम, रकेटबम पटका २९० थान, झिरझिरे पटका दुई हजार ३० थान, चङ्गेबम पटका ९० थान, सानोपटका ९५० थान र चक्की भुइँचम्पा १९० थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका सूचना अधिकारी तामाङले जानकारीदिनुभयो ।