१४ बैशाख २०८१, शुक्रबार

अखाद्य चामल र भाइमसला बिक्री गर्ने पसल सिलबन्दी

chamal

अखाद्य वस्तु मिसावट गरी चामल बिक्रीवितरण गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित विवेक स्टोरमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा आज सिलबन्दी गरिएको छ । एक सय बोरा अखाद्य चामल उक्त स्टोरमा भेटिएपछि संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको जिप्रकाले जनाएको छ ।

खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय, उपमहानगरपालिका, घरेलु कार्यालय र उपभोक्ता समितिका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले हेटौँडा १० मा रहेको सो स्टोर सिलबन्दी गरी अनुसन्धान प्रकिया अगाडि वढाएको अनुगमन टोलीमा सहभागी सहदेव आचार्यले जानकारी दिनुभयो । उक्त चामलमा पशुपन्छीलाई खुवाउने कनिका मिसाएको पाइएकाले नष्ट गर्नसमेत खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयले निर्देशन दिएको जनाइएको छ ।

यसैगरी अनुगमन टोलीले हेटौँडा बजारमा उपभोक्तालाई बिक्रीवितरण गर्न राखिएको भाइमसला बिक्रीमा केही पसललाई रोक लगाएको जिप्रकाका शाखा अधिकृत देवचन्द्र गड्तौलाले भन्नुभयो । सो टोलीले करीब दुई दर्जन खाद्यान्न तथा मिठाइ पसलको अनुगमन तथा निरीक्षण गरेपछि त्यस्तो रोक लगाएको हो ।

    सम्बन्धित समाचार...