७ बैशाख २०८१, शुक्रबार

१८ जनाको निधन, काठमाडौंमा २,३८८ संक्रमित थपिए

corona death

नेपालमा आज (सोमवार) १५,७१४ पिसिआर टेस्ट भएकोमा थप ३,७९० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ४०७७८ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ३६ हजार ०३६ पुगेको छ । हाल क्वारेन्टाइनमा ४,४७० जना रहेका छन । पछिल्लो २४ घण्टामा २,३२५ जना र आज सम्म ९४,५०१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौं उपत्यकमा कोरोना संक्रमण दर उच्च रहेको छ । काठमाडौंमा २,००८, ललितपुरमा २८१ भक्तपुरमा ९९ गरी जम्मा २,३८८ जना नयाँ संक्रमित थपिएका छन ।

प्रदेश अनुसार आईसियुमा २८२ जना उपचाररत छन जसमा प्रदेश १ मा ३० जना, प्रदेश २ मा १३ जना, बाग्मती प्रदेशमा १५३ जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ५१ जना, कर्णाली प्रदेशमा ७ जना र सुदुर पश्चिम प्रदेशमा ८ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा १२ जना, प्रदेश २ मा १ जना, बाग्मती प्रदेशमा ३८ जना, गण्डकी प्रदेशमा ४ जना र लुम्बिनी प्रदेशमा ५ जना र सुदुर पश्चिम प्रदेशमा ३ जना गरी जम्मा ६३ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा १८ जनाको निधन भएको छ । हालसम्म मृतक ७५७ जनामा कोरोना पुष्टि भएको छ।